लायन्स क्लब अफ पोखरा मुनालमा बराल र मर्दिमा अधिकारी अध्यक्षमा निर्वाचित
पाेखरा | चैत २४, २०७९
पोखरा: वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ पोखरा मुनालको अध्यक्षमा केशब बराल र लायन्स क्लब अफ मर्दिको अध्यक्षमा मनोज कुमार अधिकारी निर्वाचित भएका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ एल अन्तर्गत वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ मर्दिका निवर्तमान अध्यक्ष मनोजकुमार अधिकारी अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा श्याम प्रसाद भुसाल, द्धितिय उपाध्यक्षमा सुमन पौडेल, तृतिय उपाध्क्षमा विष्णु बहादुर बरुवाल, सचिबमा प्रतापराज पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद अधिकारी चयन भए ।
मुनाल क्लबको प्रथम उपाध्यक्षमा निर्मल पहारी, द्धितिय उपाध्यक्षमा बाबुराम क्षेत्री, सचिबमा हेमराज अधिकारी र कोषाध्यक्षमा सुनिल खाड चयन भए ।
डिष्टिक ३२५ एलका कार्यक्रम व्यवस्थापक प्रमुख तेज नारायण पराजुली, टिम लिडर राज अधिकारी, जोन चियर पर्सन जोन ८ का चन्द्रबहादुर कुँबर, मुनालका संस्थापक अध्यक्ष सरोज श्रेष्ठ, मुनालका अध्यक्ष रामेश्वर बराल लगायतले दुबै क्लबको निर्वाचन सम्पन्न गर्दै शुभकामना दिए ।
कार्यक्रममा मुनालका अध्यक्ष केशब बराल र मर्दिका अध्यक्ष मनोजकुमार अधिकारीले भावि कार्यक्रम बारे जानकारी दिदै क्लबलाई उत्कृष्ट बनाउन लागि रहने बताए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

